काठमाडौं- चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्ष बनेका छन्। महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन्। महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
बुधबार भएको पहिलो चरण निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा कोही पनि निर्वाचित नभएपछि बिहीबार दोस्रो चरणमा अञ्जन श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्ष बनेका हुन्। दोस्रो चरणका लागि वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठलाई समर्थन गरेका थिए।
अध्यक्षको शपथ लिएपछि ढकालले वरिष्ठ अध्यक्षमा भएको सर्वसम्मत सहमतिका लागि प्रदेश र केन्द्रीय सदस्यप्रति आभार प्रकट गरेका छन्।
ढकालले आइतबार २ बजेका लागि नयाँ कार्यसमितिको बैठक बोलाएका छन्।