आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भैरहवा र पोखराबाट चीन उडानका लागि चिनियाँ राजदूत सोङलाई मन्त्री किराँतीको आग्रह

भैरहवा र पोखराबाट चीन उडानका लागि चिनियाँ राजदूत सोङलाई मन्त्री किराँतीको आग्रह

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन्।

जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किराँतीले भैरहवा र पोखराबाट पनि चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका हुन्।

पर्यटनमन्त्री किराँतीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उनीहरुको नेपाल बसाई सुखद् रहोस् भनी शुभकामना व्यक्त गरे।

अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री किराँती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गरेका थिए। चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको पर्यटन बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।

कोरोना महामारीपछि चीनबाट पहिलो पटक चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। चिनियाँ  राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैँ सकारात्मक भएको बताए।

Metro Mart
worldlink

उनले कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने विश्वास व्यक्त गरे। बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए।

प्रकाशित: Apr 13, 2023| 17:12 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्