सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सहमति जुट्यो

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सहमति जुट्यो

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान नहुने भएको छ। दुई उम्मेदवारबीच सहमति जुटेपछि मतदान गर्नु नपर्ने भएको हो।

सो पदका लागि तीनजना प्रतिस्पर्धामा रहेकोमा पहिलो चरणमा एकजना बाहिरिएपछि दोस्रो निर्वाचन दोस्रो चरणमा गएको थियो। 

दोस्रो चरणको निर्वाचन दिउँसो २ बजे सुरु हुने भनिए पनि दुई उम्मेदवारबीच सहमति भएको छ। महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका छन् भने अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमति भएको छ। महासंघका अध्यक्ष र पूर्वअध्यक्षहरूले सहमति गराएका हुन्।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं अबका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि नै तीन जना उम्मेदवारसँग छलफल गरी नयाँ सहमतीय प्रयास गरेका थिए। उनको प्रस्तावमा कोही उम्मेदवार टसमस नभएपछि महासंघको इतिहासमै पहिलोपटक त्रिपक्षीय भिडन्त भएको थियो। 
 

प्रकाशित: Apr 13, 2023| 17:11 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्