सोमबार, वैशाख १५, २०८२

उद्योग वाणिज्य महासंघमा सहमतिको प्रयास

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो २ बजे सुरु हुने भनिए पनि साँझको ५ बज्न लाग्दा समेत सुरु भएको छैन। दुई उम्मेदवारबीच सहमतिको प्रयास भइरहेकाले मतदान सुरु नभएको हो। 

महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका छन् भने अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमतिको प्रयास भइरहेको छ। महासंघका अध्यक्ष र पूर्वअध्यक्षहरू सहमतिका लागि प्रयास गरिरहेका छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं अबका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि नै तीन जना उम्मेदवारसँग छलफल गरी नयाँ सहमतीय प्रयास गरेका थिए। उनको प्रस्तावमा कोही उम्मेदवार टसमस नभएपछि महासंघको इतिहासमै पहिलोपटक त्रिपक्षीय भिडन्त भएको थियो। 

प्रकाशित: Apr 13, 2023| 16:47 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्