सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकको क्यालेन्डरमा जलवायु परिवर्तनसम्बन्धी सचेतना

नबिल बैंकको क्यालेन्डरमा जलवायु परिवर्तनसम्बन्धी सचेतना

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ। ‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ बैंकले नयाँ क्यालेन्डर सार्वजनिक गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी र भूपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन्।

नबिल क्यालेन्डरमा नेपाली बाह्रै महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने सम्वर्द्धनका लागि आह्वान पनि गरिएको बैंकले बताएको छ।

बैंकका अनुसार क्यालेन्डरमा ढकमक्क फुलेका लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुङ्गीहरूदेखि सुन्दर हिमालहरू, लोपोन्मुख हिम चितुवाका फोटोहरू प्रयोग गरिएको छ। बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो।

जलवायु परिवर्तनलाई बैंकिङ लगायत सबै क्षेत्रबाट गम्भीरता पूर्वक ध्यान पुर्‍याउन क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना राखिएका बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बताए।
‘जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी यस संसारलाई सबैको लागि बाच्न योग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो’ पौड्यालले भने।

Metro Mart
worldlink

नबिल बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहक वर्ग, सञ्चालक समिति लगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तन सम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सीईओ ढुंगानाले बताए।
 

प्रकाशित: Apr 13, 2023| 19:00 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्