सोमबार, वैशाख १५, २०८२

हौसिएको नेप्से भोलिपल्टै गर्ल्याम्म

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- वर्षको अन्तिम दिन बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन्। हिजो बुधबार ९२ अंक बढेको नेप्से आज भने ओर्लिएको छ। 

बैंक ब्याजदर घट्ने खबरले हिजो नेप्से उच्च अंकले बढेको थियो। तर यो उकालो यात्रा एक दिन पनि टिकेन। २९.०७ अंकले घटेर नेप्से १९ सय ३४ कायम भएको छ।

आज १ अर्ब ६५ करोडको धितोपत्र कारोबार भयो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ३० करोड कम हो। २८ कम्पनीको मूल्य बढ्दा १८६ वटाको घट्यो भने ४ को स्थिर रह्यो। नेप्सेसँगै नभई सबै उपसमूहगत सूचक ओर्लिएका छन्।

बैंकिङ १९, विकास बैंक ९०, फाइनान्स ३३, होटल तथा पर्यटन २, जलविद्युत ४६, जीवन बीमा ९३, उत्पादन १०७, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा १२५, अन्य २१ र व्यापार उपसमूह ३४ अंक घटे। कालिन्चोक दर्शन, आदर्श लघुवित्त र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो।

एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नबिल बैंक र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहे।
 

Metro Mart
worldlink

प्रकाशित: Apr 13, 2023| 15:20 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्