सोमबार, वैशाख १५, २०८२

पश्चिम नवलपरासीमा टिपरको ठक्करबाट युवकको मृत्यु 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलहपुरमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

पश्चिम नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलहपुरमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

लु १ ख ४१२५ नम्बरको टिपरले लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनवल नगरपालिका १३ का ३२ वर्षीय चिरन्जिवी काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेलाई उपचारको लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी लगिए पनि चिकत्सिकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Apr 13, 2023| 13:08 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्