सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पहिलो चरणमा आएन नतिजा, अब अन्जन र उमेशलालबीच प्रतिस्पर्धा

उवा महासंघ निर्वाचन:

पहिलो चरणमा आएन नतिजा, अब अन्जन र उमेशलालबीच प्रतिस्पर्धा

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन दोस्रो चरणको निर्वाचन हुने भएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुन: मतदान गर्नुपरेको हो।

दोस्रो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रवेश गरेका छन् भने रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन्। दोस्रो चरणको निर्वाचन आजै दिउँसो गर्ने तयारी छ।

उपाध्यक्षतर्फ भने अन्जनको प्यानलबाट एक जनाले पनि उपाध्यक्ष जित्न सकेनन् भने संघईको प्यानलबाट दुई र उमेशलालको प्यानलबाट एक जनाले उपाध्यक्ष जितेका छन्। 

जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। वैद्यले जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई पराजित गर्दै विजयी हुँदा श्रेष्ठले भरत आचार्यलाई हराइन् । ढकालले मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराएर वस्तुगत उपाध्यक्षमा बाजी मारे ।

प्रकाशित: Apr 13, 2023| 11:42 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्