सोमबार, वैशाख १५, २०८२

विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ

धनुषामा विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ परेका छन्।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

जनकपुरधाम- धनुषामा विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय र विद्युत् वितरण शाखा कार्यालय यदुकुवाबाट खटेको संयुक्त टोलीले पाँच जनालाई पक्राउ गरेको हो। उनीहरूलाई आज बिहान करिब ५:४० बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी र विद्युत् वितरण शाखाका टोलीले हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका अन्तर्गतका मानिसहरूलाई विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका उनीहरू थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेको छ। 

प्रकाशित: Apr 13, 2023| 10:53 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्