काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदतर्फको मतगणना जारी रहेको छ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।
बरिष्ठ उपाध्यक्षतर्फ कुल एक हजार ७०० मत खसेकोमा अहिलेसम्म ८०० मत गनिएको छ।
त्यसमध्ये रामचन्द्रले ३१७ मतसहित अग्रता बनाएका छन्। अन्जनले २५५ र उमेशलालले २१९ मतसहित उनलाई पछ्याइरहेका छन्।