मंगलबार, वैशाख १६, २०८२

वडाध्यक्षले आफ्नै खर्चमा गराए १२२० विद्यार्थीको बिमा

उनले आफ्नै खर्चमा एक हजार २२० विद्यार्थीको बिमा गराएका हुन्। 
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

त्रिशूली- नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गरेका छन्। उनले आफ्नै खर्चमा एक हजार २२० विद्यार्थीको बिमा गराएका हुन्। 

वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थी बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए। बिमावापत प्रतिविद्यार्थी रु २०० का दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिएका छन्। 

बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइनेछ। चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताए। 

वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उनले मासिक रु २६ हजार ६७० पाउँदै आएका छन्। सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र(को तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए। रासस

Metro Mart
worldlink

प्रकाशित: Apr 13, 2023| 09:40 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्