काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना जारी रहेको छ।
वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।
कूल एक हजार ७०० मतमध्ये अहिलेसम्म ५०० मतगणना भएको छ। अहिलेसम्मको मतगणनामा रामचन्द्र संघईले १७७ मतसहित अग्रता बनाएका छन् । यस्तै, अञ्जनले १६१ मत र उमेशलालले १५६ मतका सात उनलाई पछ्याइरहेका छन्।