सोमबार, वैशाख १५, २०८२

घरभाडा घटाउन आग्रह

कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन्।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

रुपन्देही- कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन्।

व्यावसायिक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ। 

रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ र नेपाल घरबहाल सरोकार सङ्घको संयुक्त बैठकले घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य आवश्यकता भएको ठहर गर्दै घरबहाल घटाउन घरधनीहरूलाई सामूहिक आग्रह गरेको छ।

बैठकमा बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखाना धारासायी हुँदै गइरहेको र त्यसबाट आएको सङ्कटका विषयमा गम्भीर छलफल गरिएको रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए। 

बैठकपछि जारी संयुक्त अपिलमा मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग कलकारखाना सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने विषयमा सबै पक्ष गम्भीर बन्न अनुरोध गरिएको छ।

Metro Mart
worldlink

अपिलमा बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनीलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पसल बन्द गर्नेको सङ्ख्या बढ्दै गएको र बजार विस्थापित हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गरिएको छ। 

यो स्थितिलाई मध्यनजर गर्दै पछिल्लो घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको जनाइएको छ।

अपिलमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष घिमिरेसहित रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य सङ्घका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार सङ्घका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरबहाल सरोकार सङ्घका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन्। रासस

प्रकाशित: Apr 13, 2023| 07:20 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्