मंगलबार, वैशाख १६, २०८२

उद्योग वाणिज्य महासंघ निर्वाचन: मतगणना ८ बजेदेखि

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि अहिले मतदान भइरहेको छ।

आज बिहान १० बजे सुरु भएको मतदान साँझ ६ बजे सकिनेछ। अपराह्न साढे चार बजेसम्ममा जिल्लानगर, वस्तुगत र एसोसिएटतर्फ ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

साँझ ६ बजेसम्म मतदान समय तोकिएको छ। त्यसपछि बेलुका ८ बजेबाट मतगणना गर्ने तयारी छ। 

महासंघमा १ हजार ९८८ छन्। निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्।

सात प्रदेशमध्ये लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत निर्वाचित भइसकेका छन्। संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत निर्वाचित भएका छन्।

Metro Mart
worldlink

वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीन उपाध्यक्षका लागि आठजनाले उमेदवारी दिएका छन्।

उद्योग वाणिज्यतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन्। वस्तुगततर्फ मनीषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकालले उम्मेदवारी दिएका छन् भने एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य उम्मेदवार छन्।
 

प्रकाशित: Apr 12, 2023| 17:11 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्