मंगलबार, वैशाख १६, २०८२

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउ: बार 

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- नेपाल बार एसोसिएसनले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बुधबार आयोजित पत्रकार सम्मेलनमा सातदेखि दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे। 'लामो समयदेखि प्रधानन्यायाधीशको पद रिक्त छ, उच्च र जिल्लामा धेरै न्यायाधीशको पद रिक्त छ। सातदेखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तको प्रक्रिया अघि बढाउन आग्रह गर्छु।'

उनले प्रधानमन्त्री, सभामुखलगायतको पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइनु सह्य नभएको बताए। प्रधानन्यायाधीश छिटो नियुक्तिबारे ध्यानाकर्षण गराउन भोलि बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने र आफूहरुले दिएको समयसीमाबारे जानकारी गराउने समेत उनको भनाइ छ। 

उनले न्यायापालिकाको भ्रष्टाचार, विकृति–विसंगति अन्त्य गर्नका लागि तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत माग गरे। प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा पाँच, उच्च अदालतमा ५० र जिल्ला अदालत चार न्यायाधीश पद रिक्त रहेको उनले बताए।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले अविलम्ब प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन माग गरे। उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया ढिलाइ हुँदा समग्र न्यायापालिकामा असर परेको बताए।

Metro Mart
worldlink

बारले न्यायपालिकाको विकृति, विसंगतिको अन्त्यका सम्बन्धमा, पेसी व्यवस्थापन पूर्ण स्वचालित  प्रणालीद्वारा गर्ने, पूर्वप्रधानन्यायाधीशउपरको विचाराधीन महाभियोग प्रस्तावलाई अन्तिम किनारा लगाउने र न्यायाधीश नियुक्ति मापदण्ड खारेज गरी सल्लाह सुझावमा वैज्ञानिक पद्धति अपनाउन माग गरेको छ।

प्रकाशित: Apr 12, 2023| 16:21 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्