मंगलबार, वैशाख १६, २०८२

सगरमाथाको खुम्बु आइसफलमा तीन शेर्पा आरोहीको मृत्यु

घटना बुधबार बिहानको हो। मृतकको शव खोंचमा फसेको र निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। 
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

Metro Mart
worldlink

काठमाडौं- सगरमाथा आरोहणका क्रममा तीनजना शेर्पाको मृत्यु भएको छ। खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा उनीहरुको ज्यान गएको हो। 

मृत्यु हुनेहरु सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ का हुन्। ५ हजार ७ सय मिटरको उचाइमा गएको हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन्। उनीहरु इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणका लागि गाइडको रुपमा गएका थिए।

घटना बुधबार बिहानको हो। मृतकको शव खोंचमा फसेको र निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Apr 12, 2023| 15:26 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्