मंगलबार, वैशाख १६, २०८२

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

झापा- बहुबिवाह मुद्दाका २ जना फरार प्रतिवादीलाई सोमबार झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने ३७ वर्षीय मोहन शम्शेर योङहाङ र सोही ठाउँ बस्ने २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेका छन्।

जिल्ला अदालत झापाको २०७९ असार २० गतेको फैसलाले बहुबिवाह मुद्दामा मोहनलाई १५ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना तथा पुजनलाई १३ महिना कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीरूलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ।
 

प्रकाशित: Apr 12, 2023| 13:55 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्