मंगलबार, वैशाख १६, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ को मृत्यु, ६ जना मृत फेला

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य ६ जना फरक फरक ठाउँमा मृत भेटिएका छन्। 

प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका-८ झ्याउलेकस्थित सडकमा खोड्पेबाट बझाङतर्फ जाँदै गरेको से.१ ज ७६४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार बझाङ केदारस्युं गाउँपालिका-५ बाँज बस्ने ६० वर्षीय मने बोहरा समेत ६ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार जिपका चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-३ गढी गेटस्थित सडकमा बीआर ०६ डीडी ०६८७ नम्बरको कार अनियन्त्रित भई गएराति दुर्घटना हुँदा कारमा सवार भारत भगबतीस्थान मण्डीपुरसाडी समस्तिपुर बस्ने ३३ वर्षीय राजेश कुमार सिंहसहित ४ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य एकजनालाई जिल्ला अस्पताल सिन्धुली हुँदै थप उपचारको लागि काठमाडौं पठाइएको छ। सिरहाको मिर्चैया नगरपालिका-५ बताहा खोलास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको अगाडिको ईन्जिनको भाग माथि उठ्न गई ईन्जिन र टेलरको बीच भागमा च्यापिएर चालक सोही नगरपालिका-३ राधोपुर बस्ने २६ वर्षीय अनिल उराउको मंगलबार दिउँसो मृत्यु भएको छ।

चितवनको ईच्छाकामना गाउँपालिका-४ पानीधारास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले थप अनुसन्धनका लागि तीन वटा सवारी  साधनलाई नियन्त्रणमा लिएको छ।

Metro Mart
worldlink

मृत फेला

महोत्तरीको सोनमा गाउँपालिका-६ तरहारी टोलस्थित सार्वजनिक धर्मशालामा औरही नगरपालिका-४ कबिलासा बस्ने ६५ वर्षीय रामचन्द्र ठाकुर मंगलबार मृत अवस्थामा फेला परेका छन्।

झापाको झापा गाउँपालिका-२ गोलमुनी खाडीस्थित खाल्डोको डिलमा सोही गाउँपालिका-१ बस्ने ४७ वर्षीय झाढगे मुर्मु मंगलबार मृत अवस्थामा फेला परेका छन्। पाँचथरको हिलिहाङ गाउँपालिका-१ मालबासेस्थित अरुण भ्याली हाईड्रो पावर लिमिटेड प्रालिमा डेलरेस्को युनिट १ टेलरेस पईन्ट (पोखरी) मा सोही हाईड्रोको प्लान्ट ईन्चार्ज मोरङ उर्लाबारी नगरपालिका-७ बरगाछी बस्ने २६ वर्षीय अशोक खतिवडा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

गोरखाको गण्डकी गाउँपालिका-६ साँखुटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। मोरङको विराटनगर महानगरपालिका-१६ स्थित दशगजामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको कोशी गाउँपालिका-८ स्थित सप्तकोशी नदीको पूर्वी नहरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डुबेर मृत्यु

सप्तरीको रुपनी गाउँपालिका-४ छपकी भलोल बस्ने देवचन्द्र मुखियाको छोरा ११ महिनाको राज मुखियाको सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको छ। खेल्ने क्रममा उक्त पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Apr 12, 2023| 13:03 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्