मंगलबार, वैशाख १६, २०८२

अवैध डलरसहित दुई बंगलादेशी पक्राउ

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- अबैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारीय नागरिक गरी ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा बंगलादेशको ढाकातर्फ जान लागेका बंगलादेशी नागरिकहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको  साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको हो।

साथै फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै युएसए जान लागेका भारतीय नागरिक सन्दिप कुमारलाई विभिन्न दरको अमेरिकी डलर ७ हजार १ सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको छ।

यता काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Metro Mart
worldlink

प्रकाशित: Apr 12, 2023| 12:33 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्