सोमबार, वैशाख १५, २०८२

मोटरहेडले ल्यायो नयाँ वर्ष अफर, यस्ता छन् सुविधा

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ।

२०२१ मोडल तथा त्यसमुनिका मोडलहरुमा ‘स्टक क्लियरेन्स’ अफरलाई कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका बाइकहरुमा ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर ल्याएको हो। 

यो अफर यही चैत २४ बाट कम्पनीले उपलब्ध गराइरहेको छ। कम्पनीले सबै प्रकारका खरिद प्रक्रियामा उत्तिकै उत्साहित अफर समेट्दै नगद/फाइनान्स र एक्सचेन्ज खरिद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याइएको बताएको छ।

यसमा नगद खरिद गरेबापत ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा पूर्ण बीमाको सुविधा लिन सकिने, फाइनान्स खरिदमा आफूले खरिद गरेको बाइकको पूर्ण बीमा ग्राहकले कम्पनीबाटै सुविधा पाइने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो वाइकको बजार मूल्याङ्कनमा कम्पनीबाट थप १५ हजार रुपैयाँको मूल्याङ्कन अफरस्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिनेछ। 

यसका साथै खरिद प्रकार जेजस्तो भए पनि यस ब्राण्डका बाइक खरिदकर्ताले कम्पनीको तर्फबाट निःशुल्क फुल हेल्मेट पाउन सक्नेछन्। मेटरहेडका स्पोर्ट्स २५०, टेकन आर २५०, टेकन २५०, एमएच१५०, स्क्र्याम्ब्लर र एक्स टर्क गरी ६ मोडल र देशका विभिन्न प्रमुख सहरहरुमा सेल्स, सर्भिस तथा पार्ट्सको सुविधासहित डिलर रहेका छन्।

Metro Mart
worldlink

प्रकाशित: Apr 12, 2023| 11:55 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्