आइतबार, असार १, २०८२

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं-  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको एक हजार रुपैयाँले बढेको हो। मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको भाउ पनि बढेको छ। बुधबार चाँदी १५ रुपैयाँले बढेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो।

प्रकाशित: Apr 12, 2023| 11:43 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्