बिहीबार, असार १२, २०८२

सिन्धुलीगढी दुर्घटनामा ज्यान गुमाउने तीन जनाको शव निकालियो

काठमाडौंतिर आउँदै गर्दा सिन्धुलीगढीमा दुर्घटनामा परेर मृत्यु भएका तीन जना भारतीय नागरिकको शव निकालिएको छ।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- सिन्धुलीगढीमा दुर्घटनामा परेर मृत्यु भएका तीन जना भारतीय नागरिकको शव निकालिएको छ। सिन्धुलीबाट काठमाडौंतिर आउँदै गरेको बिआर ०७ डीडी ०६८७ नम्बरको भारतीय कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार मुकेशकुमार चौधरी, मुत्यैज फुलहार, राजेश कुमार सिंह र अभिशेषक ठाकुरले दुर्घटनामा ज्यान गुमाएका थिए। अभिषेकलाई उपचार गर्न सिन्धुली माडीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। दुर्घटना स्थलमै ज्यान गुमाएका तीन जनाको केही बेरअघि शव निकालिएको हो।

कमलामाई नगरपालिका–६ स्थित गढी गेट नजिक भएको दुर्घटनामा धर्मेन्द्र शाह घाइते भएका छन्। उनलाई उपचारका लागि धुलिखेल पठाइएको एसपी सिलवालले बताए। सो कारमा सवार यात्रुहरू भारत बिहारस्थित समस्तिपुरका स्थानीय हुन्। उनीहरू तीर्थयात्राका लागी काठमाडौं आउँदै थिए।

प्रकाशित: Apr 12, 2023| 11:37 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्