आइतबार, असार १, २०८२

काठमाडौं महानगरको कर अब अनलाइनबाटै तिर्न सकिने

काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था गरेको छ।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था गरेको छ।

महानगरलाई कर तिर्न काठमाडौं डट जीओभी डट एनपी (kathmandu.gov.np) वा इसर्भिस काठमाडौं डट जीओभी डट एनपी (eservice.kathmandu.gov.np)मा लगइन हुनुपर्ने छ।

त्यसपछि अनलाइन कर भुक्तानीमा क्लिक गर्ने र प्रयोगकर्ता बक्समा गएर ट्याक्स पेयर आइडी राख्नुपर्ने महानगरले जनाएको छ।

आफ्नो पासवर्ड राखेर करदातामा क्लिक गर्ने त्यसपछि भुक्तानीमा क्लिक गरेर आफ्नो कुन सेवा वा क्षेत्रको कर तिर्न त्यसलाई छनौट गरी दाखिला गर्नुपर्ने छ।

महानगरले आफ्नो आइडी नपाएका वा विर्षेकाहरुलाई आवश्यक कागजात र विवरणसहित सम्बन्धित वडामा सम्पर्क राख्न पनि आग्रह गरेको छ।

प्रकाशित: Apr 12, 2023| 11:30 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्