आइतबार, असार १, २०८२

अफिम खेतीमा संलग्न एक जना पक्राउ

अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

रुकुमपूर्व- अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार भूमे गाउँपालिका–९ दुधे पोखराका सोही ठाउँमै अफिम खेती गर्ने ४४ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको हो।

प्रहरी गस्ती जाने क्रममा दुधे पोखरास्थित करिब एक रोपनी जग्गामा अवैध लागूऔषध अफिम खेती गर्दै अफिमको चोप निकाल्दै गरेको अवस्थामा पुनलाई फेला पारिएको प्रवक्ता खत्रीले बताए।

सोमबार पक्राउ परेका पुनलाई मङ्गलबार जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको खत्रीको भनाइ छ।

प्रकाशित: Apr 12, 2023| 09:55 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्