आइतबार, असार १, २०८२

स्वास्थ्यका लागि हानिकारक प्रदूषण बढ्यो

आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको हो।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- काठमाडौंसहित देशका धेरै सहरमा प्रदूषण बढेको छ। आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको हो। 

केही दिनदेखि पानी नपरेकाले पनि प्रदूषण बढिरहेको बताइएको छ। काठमाडौं उपत्यकामा वायुको गुणस्तर सूचकांक (एक्यूआई) ले जोखिम तह नाघेको छ। 

एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ। तर काठमाडौंको प्रदूषण मापन सूचक एक्यूआई २ सय ४४ पुगेको छ। भक्तपुरमा २ सय २७  छ। त्यस्तै हेटौंडामा १ सय ७२, तुलसीपुरमा १ सय ७० रहेको छ। अन्य सहरमा पनि प्रदूषण बढेको छ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ। एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि हानिकारक रहेको मानिन्छ। काठमाडौंसहितका धेरै सहरमा एक्यूआई एक सय ५० भन्दा माथि नै रहेकाले सचेत हुन विज्ञहरुले आग्रह गरेका छन्।

स्वास्थ्यलाई नै हानी गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ।
 

प्रकाशित: Apr 12, 2023| 08:49 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्