काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
बुधबार अमेरिकी डलरको भाउमा उकालो लागेको छ। आज अमेरिकी डलर २३ पैसाले वृद्धि भई यसको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। यसअघि मंगलबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा उकालो लागेको छ। युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३२ पैसाले बढेको हो। मंगलबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको थियो।
बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा तोकिएको छ। यो मूल्य मंगलबारको तुलनामा ३७ पैसाले बढेको हो। मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ५० पैसा कायम गरिएको थियो।
त्यसैगरी, बुधबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ २९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ११ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ।
बुधबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ।
उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ३७ पैसा तोकिएको छ।