मंगलबार, वैशाख १६, २०८२

निर्माण सम्पन्न हुने भाका आउनै लाग्दा काम सुरु नै भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन। 
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

सुर्खेत- पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन। 

भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ सावन २९ गते नेपाल मेगा सिस्ने जेभी नेपालगन्जसँग ४ करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो। सम्झौता मिति अनुसार २०८० माघ भित्र पुल निर्माण गरि पूर्वधार विकास कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सहमति रहेको छ। 

निर्माण कार्य पुरा गर्ने झण्डै ९ महिना बाँकी रहदा सम्म पुलको सामान्य काम समेत गरिएको छैन। पूर्वाधार विकास कार्यालयले समेत काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि दवाव नदिएको सरोकारवाला बताउँछन्। यही ठाउँमा हिउँद याममा सजिलै यातायातका साधन सञ्चालन भए पनि वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको छ।

छेडागाड नगरपालिका–१ र ४ को बीचमा रहेको खारास्थित झार्पा खोला पुल सम्झौंता अनुसार काम भएको भए अहिलेसम्म आधा काम भइसक्नु पर्ने थियो। पुल निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काममा चरम लापरबाही र पूर्वाधार विकास कार्यालयले ताकेता नगर्दा पुल निर्माणमा ढिलाई हुँदै गएको हो। पुल निर्माणको भाका नजिक आउदै गर्दा अब म्याद थप गरेर काम गर्न निर्माण व्यवसायीले दबाब दिने निश्चित देखिएको छ। छेडा–चाँदे सडक खण्ड समेत पुलको अभाव नियमित नहुँने सम्भावना बढीरहेको छ।

तालुक कार्यालय पुर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई कुनै पनि दवाव नदिदा काममा ढिलासुस्ती भइरहेको स्थानीयबासी रेशम खड्काले बताउनुभयो। छेडागाड नगरपालिकाले केही सामान्य यातायातका साधनहरु सञ्चालन गर्न खोलामा केही पाइपहरु राखेपनि त्यसको समेत प्रभावकारी भूमिका निभाउन सकेको छैन। हिउँदमा धुलाम्य यो सडक खण्ड वर्षायाममा हिलाम्यका साथै भगवानको भरोसामा यातायातका साधनहरु चलाउनु परेको यातायात व्यवसायी प्रविण पुनले बताए।

Metro Mart
worldlink

पुल निर्माण नहुँदा खोलामा गाडी जवरजस्ती हालेर यातायात सञ्चालन गर्दा धेरै क्षती हुँदै गएको उनले बताए। भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले काम नगरेको भए ताकेता गर्ने बताए। यादवले ताकेता गर्ने भनिएपनि कामको गती ज्यूकात्यु हुँदा समस्य हुँदै आएको छ। यो सडकले मध्यपहाडी लोकमार्गसँग जोडने काम गर्दछ। त्यस्तै भेरी करिडोरसँग समेत जाड्ने काम गर्दछ।

प्रकाशित: Apr 12, 2023| 08:23 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्