मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • धरानमा श्रमदान गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई बोलाए मेयर साम्पाङले

धरानमा श्रमदान गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई बोलाए मेयर साम्पाङले

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो पालिकामा निम्ता गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उनले खानेपानीका लागि भइरहेको जनश्रमदानको स्थलगत अवलोकन र सहभागिताका लागि निमन्त्रणा गरेका हुन्। 

मंगलबार शीतलनिवास र बालुवाटारलाई मेयर साम्पाङले लेखेको पत्रमा भनिएको छ, 'दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या, आपुर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु।’

मेयर साम्पाङले सार्वजनिक रुपमा पनि प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरुलाई ढुंगा बोक्न धरानमा आउन आग्रह गर्दै आएका छन्।

Metro Mart
worldlink

प्रकाशित: Apr 12, 2023| 07:20 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्