मंगलबार, वैशाख १६, २०८२

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

Metro Mart
worldlink

काठमाडौं- बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार‚ मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डीडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक जनाको शव सिन्धुली अस्पतालमा र तीन जनाको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए।

राजमार्गको भीर भएको स्थानमा कार सडकबाट ५०० मिटर तल खसेको थियो। भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन। “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ,” प्रहरी उपरीक्षक सिलवालले भने‚ “शव कसरी निकाल्ने भन्ने समस्या छ।” शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको उनको भनाइ छ। कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन। -रासस

प्रकाशित: Apr 12, 2023| 07:14 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्