काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि आज निवार्चन हुँदैछ।
महासंघको ५७औं साधारणसभाबाट नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो। महासंघको साधारणसभा हिजो उद्घाटन भएको थियो।
मंगलबारबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज निर्वाचन हुनेछ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी दिएका छन्। अहिले निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्काो कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।
साधारणसभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ।