बिहीबार, वैशाख १८, २०८२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ।

यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले  १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट पाउनेछन्। 

छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ। एकजनाले एक चोटीमात्र छुट पाउनेछन्। बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २८ देखि २०८० वैसाख १ गतेसम्म मान्य रहनेछ। 

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु हो। बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ। 
 

प्रकाशित: Apr 11, 2023| 21:33 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्