काठमाडौं- भुक्तानी सेवाप्रदायक आइएमई पेले गोल्डस्टार शुज सँग सहकार्य गरी नयाँ वर्षको २०८० को अवसर पारी अफर ल्याएको छ।
यसअन्तर्गत गोल्डस्टार शुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ।
सोमबारदेखि सुरु भएको यो अफर आउँदो वैशाख ५ सम्म चल्नेछ। डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ (वालेट एप) बाट सेवाग्राही आफैंले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन्।