मंगलबार, वैशाख १६, २०८२

एशियन पेन्ट्सका नयाँ उत्पादन बजारमा

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं-– एशियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरू नेपाली बजारमा ल्याइएको छ। एशियन पेन्ट्सद्वारा हालसालै होटल सोल्टी, काठमाडौंमा आयोजना गरिएको एक समारोहमा २०० प्लस डिलरहरूको माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरू सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ। 

यसले भित्ताहरूमा ओस र नुनियाको समस्याहरूलाई रोकथाम गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ। कम्पनीले अरु दुई उत्पादन रोयल प्ले समूह अन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ। 

यी रोयल प्ले समूहका उत्पादनहरूले घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने कम्पनीको दाबी छ। ‘सिलिकन शिल्डको एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, यो ईटाहरू, ढुङ्गाहरू र क्ले टायलहरूको  लागि अनुकूल छ र तपाईंको घरको बाहिरी भित्ताहरूलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ,’ कम्पनीले भनेको छ। 

कम्पनीका अनुसार हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो जुन प्लाष्टर गरिएका भित्ताहरूलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ। रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरूबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 
 

प्रकाशित: Apr 11, 2023| 19:00 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्