सोमबार, वैशाख १५, २०८२

कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।

लगभग शून्यमा झरेको कोरोना केही दिनयता बढिरहेको छ। कोरोनाबाट आज भएको मृत्यु पनि तीन महिनापछिको हो।

पछिल्लो २४ घण्टामा २४ सय ३६ नमुना परीक्षण गरिएको थियो। ४७६ पीसीआर गर्दा ७४  जना र १९ सय ६० एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो। 

यसैगरी २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् भने ४२ हजार ४९७ जनाले कोभिडको खोप लगाएका छन्। आजको दिनमा देशभर ४६९ जना सक्रिय संक्रमित छन्। यीमध्ये संस्थागत आइसोलेसनमा २४ जना छन्। अस्पतालका आइसीयूमा १३ जना छन् भने भेन्टिलेटरमा ५ जना उपचाररत छन्।

प्रकाशित: Apr 11, 2023| 17:24 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्