मंगलबार, वैशाख १६, २०८२

फागुनमा ३७ हजारले लिए श्रमस्वीकृति

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार फागुन महिनामा वैदेशिक रोजगारीका लागि करिब ३७ हजारले श्रमस्वीकृति लिएका छन्। 

चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे तयार गरिएको प्रतिवेदन अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ। त्यस्तै, सोही अवधिमा पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या भने १ लाख ९२ हजार ५५९ पुगेको छ।

राष्ट्र बैंकको सोही प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्म ३ लाख १४ हजार ७६७ ले श्रम स्वीकृति लिएका थिए। त्यस्तै, १ लाख ६७ हजार ७०८ ले पुन: श्रम स्वीकृति लिएका थिए।

प्रकाशित: Apr 11, 2023| 16:24 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्