सोमबार, असार २, २०८२

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश पक्राउ

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कार आरोपमा उनी काठमाडौंको सामाखुसीबाट पक्राउ परेका हुन्। 

पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्। उनीविरुद्ध श्रीमतीले बन्धक बनाएर आफूलाई कुटपिट, यौन शोषण र हिंसा गरेको आरोप लगाएकी थिइन्।  

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेका गिरीलाई अनुसन्धान र कारवाहीका लागि कपिलवस्तु पठाइनेछ। न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए।
 

प्रकाशित: Apr 11, 2023| 16:19 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्