सोमबार, असार २, २०८२

मूल्यवृद्धि घट्यो, कुन क्षेत्रमा कति ? 

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- माघ महिनाको तुलनामा फागुनमा मूल्य वृद्धिदर कम देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार फागुनमा मूल्य वृद्धिदर ७.४४ प्रतिशत रहेको छ।

माघ महिनामा यो प्रतिशत ७.८८ थियो। गत वर्ष भने माघ महिनामा ७.१४ प्रतिशत उपभोक्ता मूल्य वृद्धिदर रहेको थियो। राष्ट्र बैंकका अनुसार फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ।

काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ फागुन  महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत मुद्रास्फीति थियो।

प्रकाशित: Apr 11, 2023| 15:35 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्