मंगलबार, वैशाख १६, २०८२

संघीय निजामती विधेयक मस्यौदाविरुद्ध कर्मचारी आन्दोलित

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

Metro Mart
worldlink

काठमाडौं- संघीय निजामती सेवा विधेयकको मस्यौदामा आपत्ति जनाउँदै राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा र खरिदार) ले आन्दोलन सुरु गरेका छन्। ‘निजामती कर्मचारी स्वतन्त्र अभियान’ नाममा उनीहरू १५ बुँदे माग राख्दै आन्दोलित बनेका हुन्।

१९ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई नासुको आँसु नदेख्ने भन्दै एसएमएस गरेका राजपत्र अनंकित कर्मचारीले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

शाखा अधिकृत पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्न, राजपत्र अनंकित कर्मचारीलाई पनि सेवा अवधि र शैक्षिक योग्यताका आधारमा उपसचिव र सहसचिवमा प्रतिस्पर्धाको बाटो खोल्न उनीहरूको माग छ।

प्रकाशित: Apr 11, 2023| 13:29 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्