काठमाडौं- एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले भारतीय कम्पनी म्याजिक लक डीसी प्रालिसँग ग्यास विस्फोट तथा लिकेज जस्तो जोखिम न्यूनिकरण गर्ने उद्देश्यले उक्त प्रालिबाट सफल परीक्षण पश्चात उत्पादित म्याजिक लकको नेपालका लागि आधाकारिक तथा विशेष वितरकको रूपमा सम्झौता गरेको छ। भारतमा उक्त म्याजिक लकलाई घरायसीको साथसाथै व्यापारिक क्षेत्रमा समेत उत्तिकै रुचाइएको छ।
अध्ययन र खोजको आधारमा सामान्य तह ८०५ प्रमाणित एलपीजी सम्बन्धि भयावह घटनाहरू रेगुलेटर र चुलोसँग जोडिने पाइपको हुने ग्यास चुहावटका कारण हुने गर्छ। बढ्दो आधुनिकरण र व्यस्तताको कारण सचेत र चनाखो रहँदा रहँदै यस्ता घटनाहरू भइरहेको र यसको केही हदसम्म न्यूनिकरणको प्रयास सधै भइरहेको देखिन्छ ।
भारतमा यही खोज र प्रयासको दौरान विकास भएको म्याजिक लक डीसी प्रालिका यस उत्पादन्ले सबै एलपीजी प्रयोगकर्ताले खोजेको पाइपबाट ग्यास लिक भई त्यसबाट भइरहेको मानवीय र भौतिक क्षति व्यहोर्नुपर्ने समस्याको समाधान प्रदान गरेको पाइएको छ।
न्यूनतम लागतमा अधिकतम सुरक्षा प्रदान गर्ने यस उत्पादनले छिट्टै बजारमात्र नलिई धेरै नेपालीको विश्वास जित्ने कम्पनीको विश्वास छ। यस कम्पनी को मुख्य दक्षता एलपीजी बोटलिङ समूहको हो जसमा ७ (सुगम, सहारा, साइपाल, प्रिमा, कामाख्या, त्रिशूल) ग्यास ब्रान्डहरू हाल देशभर मुख्य समूह एभरेष्ट ग्यास संसार अन्तर्गत सञ्चालन भइरहेका छन्।