मकवानपुर- मकवानपुरको राक्सिराङ-६, खर्कन्टेटारमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राक्सिराङका ३३ वर्षीय काजीमान प्रजा रहेको छन्।
सोमबार राति १ बजेर ३० मिनेटको समयमा फाकलटारबाट राक्सिराङ जाँदै गरेको ना.६ त ५२१८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा प्रजा गम्भीर घाइते भएका थिए।
घाइते प्रजालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारको क्रममा प्रजाको मंगलबार बिहान करिब ९ बजेको समयमा मृत्यु भएको हो । ट्याक्टर र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।