मंगलबार, वैशाख १६, २०८२

अवैध लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। करिव १ ग्राम ४८ मिलिग्रामसहित लागूऔषधसहित प्रहरीले सोमबार दिउँसो कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्तीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। 

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय राहुल बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४० वर्षीय बिमल बहादुर कट्वालले बोक्न दिएको भनी खुल्न आएपछि कट्वाललाई समेत बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा फेला पारी प्रहरीले पक्राउ गरेको छ।

सिरहा, सखुवानान्कार्कट्टि गाउँपालिका-२ सोठियाईनस्थित शौचालयको छतमाथिको ट्याङकीभित्र अवैध लागूऔषध गाँजा करिब १ केजी ५ ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित: Apr 11, 2023| 12:16 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्