सोमबार, असार २, २०८२

झापामा २० वर्षीया महिला बलात्कृत

महिलामाथि बलात्कार गरेको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

झापा- महिलामाथि बलात्कार गरेको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति पक्राउ गरेको हो।

भुजेलले ती महिलालाई कनकाई नगरपालिका-४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति  जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 11, 2023| 11:54 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्