धनगढी- कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले धनगढीका दुई युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई खैरो हेरोईनसहित फेला पारी पक्राउ गरेको जनाएको छ।