काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठ प्रकरणबारे छलफल गर्ने भएको छ। रास्वपाले अनुशासन आयोगको बैठक बोलाएर श्रेष्ठलाई कारबाही गर्नुका साथै अडियो प्रकरणका विषयमा छलफल गर्ने बताइएको हो।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने तय भएको एक नेताले जानकारी दिए।
अडियो सार्वजनिक भएपछि पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरी छानबिन गरिरहेको छ।
यता, श्रेष्ठले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन्। अनुशासन आयोगले यसको अनुसन्धानपछि निचोड निकाल्ने बताइएको छ।