सोमबार, असार २, २०८२

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट, निर्वाचन बुधबार

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै छ।

उद्योगी व्यवसायीको छाता संस्था महासंघको ५७औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। 

आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विद्यानत: स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलीबाट निर्वाचन हुनेछ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन्। यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ।

प्रकाशित: Apr 11, 2023| 10:20 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्