सोमबार, असार २, २०८२

सरकारी टोली र मिटर ब्याज पीडितबीच आज पनि वार्ता

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ। 

गृह मन्त्रालयका सहसचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो।

दुई दिनसम्म चलेको वार्तामा पनि सहमति हुन नसकेपछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि सहमति नभएपछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ।

पहिलो र दोस्रो दिनको वार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।

प्रकाशित: Apr 11, 2023| 09:20 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्