बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको हो।

यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ। यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने पनि जनाइएको छ।  नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।

नवीकरण भएका क्याम्पसको विवरण आफ्नो वेबसाइटमा राखेको त्रिविले जनाएको छ।

tu_notice_XBFs1OpFYc1681180334.jpg

प्रकाशित: Apr 11, 2023| 08:25 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्