मंगलबार, वैशाख १६, २०८२

आजबाट दोल्ती पावरको आईपीओ बिक्री खुला गरिने   

दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन  तथा बाँडफाँट गरिसकेको छ। 

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्ट्याएको थियो। त्योमध्ये पाँच करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँबराबरको पाँच लाख ३६ हजार ४८६ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको थियो।

एक करोड सात लाख २९ हजार ८०० रुपैयाँबराबारको एक लाख सात हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ। ६८ लाख एक हजार ७०० रुपैयाँबराबरको ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओका लागि न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले आउँदो वैशाख ३ गतेसम्म आवेदन दिनसक्ने छन्। उक्त अवधिसम्म मागानुसार आवेदन नपरे वैशाख १२ गतेसम्म आईपीओमा आवेदन खुला रहने कम्पनीले जनाएको छ।

Metro Mart
worldlink

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल ‘बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरी ०७६ पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। यो आयोजना निर्माण गर्न एक अर्ब आठ करोड २२ लाख ९० हजार रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ। यो आयोजना निर्माण गर्न विद्युत् खरिद सम्झौता गर्दा समयमा ७८ करोड ४७ लाख २८ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यो कम्पनी चार करोड ७७ लाख ५३ रुपैयाँ नोक्सानीमा छ।

प्रकाशित: Apr 11, 2023| 06:31 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्