मंगलबार, जेठ ७, २०८२

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना 

देशका केही प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- देशका केही प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो। 

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: Apr 11, 2023| 06:20 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्