बुधबार, वैशाख १७, २०८२

डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिममा

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिवार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन।  तीन दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ। 

सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए। उनले भने, ‘डढेलो लागेको आज ३ दिन भएको, कसले लगाएको थाहा छैन। आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ। गाउँलेहरूले गाउँ जोगाउने प्रयास गरिहेका छन्।’ 

माथि बस्ती रहेको छ, भने तल सुक्खा वनमा डढेलो लाग्दै बस्तीतिर आउन थालेको स्थानीयको भनाइ छ। बस्तीमा प्रायःजसो खरको छानो भएको घर धेरै भएकाले आगलागीको बढी जोखिम भएको फुङ्लिङ नगरपालिका–८ का वडा सदस्य भुपिन्द्र मगरले बताए। उनले भने, ‘हिजो दिउँसो नगरपालिकाको दमकलको सहायताले डढेलो नियन्त्रण गर्ने प्रयास गरौं र मेची राजमार्गदेखि माथि जान दिएनौं तर तल जंगलमा भने दमकल जान सकेन।’ वडा सदस्य मगरका अनुसार १५ घर जति डढेलोको जोखिम परेको छ। 

यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष डढेलो लाग्दै आएको स्थानीयको भनाइ छ। आगलागी भएको जंगल राष्ट्रिय वन क्षेत्र पर्ने गुरुङले बताए। आगलागी भएको वनमा धेरैजसो साख्वाको, साललगायत रूख रहेको वडा सदस्य मगरले बताए।
मेची राजमार्गको नजिक भएको डढेलो नगरपालिकाले दमकल प्रयोग गरेर नियन्त्रणमा लिए पनि राजमार्गदेखि तलका क्षेत्रमा भएको डढेलो भने नियन्त्रणमा लिन नसकेको मगरले बताए।

प्रकाशित: Apr 10, 2023| 22:02 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्